Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद बैठक सुचारु गर्न शीर्ष नेताहरुबीच जुट्यो सहमति, एमालेले अवरोध नगर्ने

काठमाडौं । तीन दलका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ । सिंहदरबारमा तीन दलका शीर्ष नेता र प्रमुख सचेतकबीच भएको छलफलपश्चात संसद बैठक सुचारु हुने भएको हो।

शुक्रबारको बैठकमा एमाले सांसद्हरुले जलहरी प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीलाई जोडेको भन्दै संसद् अवरुद्ध गरेका थिए ।

संसद् सुचारु गराउन ठुला तीन दलका नेताहरुबीच भएको छलफलमा यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल 'प्रचण्ड'ले संसद् सम्बोधन गर्ने र सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो ।

तीन दलबीच सहमति भएसँगै एमालेले संसद्मा अवरोध नगर्ने बताएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता रहेका थिए ।

बैठकमा गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए ।

त्यस्तै कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरू रमेश लेखक, पदम गिरी र हितराज पाण्डे पनि बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077