Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विद्युत प्राधिकरणले गर्‍यो भारततर्फ बिजुली निर्यात सुरु

    विद्युत प्राधिकरणले गर्‍यो भारततर्फ बिजुली निर्यात सुरु

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    कामाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबारबाट भारतमा विद्युत निर्यात सुरु गरेको छ ।

    नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरेको हो । शनिबार १०० मेगावाट विद्युत् भारत निर्यात गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।



    प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको छ । केही समयअघिसम्म नेपालले भारतबाट दैनिक ४०० मेगावाटभन्दा बढी क्षमतामा बिजुली किन्दै आइरहेको थियो ।



    तर, अचानक वर्षायाम सुरु हुँदा नदीको वहाब बढिरहेको छ । यससँगै, ‘रन अफ दी रिभर’ आधारित आयोजनाबाट बिजुली उत्पादन बढेको छ । प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा निर्यात गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार