Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संघीय संसद्को संयुक्त बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने

    संघीय संसद्को संयुक्त बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 438
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ ।

    संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने बताइएको छ ।



    संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौला प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।



    उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । सो नियमावली पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार