Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संघीय संसदको संयुक्त बैठक जेठ १४ गतेसम्मका लागि स्थगित

    संघीय संसदको संयुक्त बैठक जेठ १४ गतेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 465
    SHARES

    काठमाडौं । संघीय संसदको संयुक्त समितिको बैठक यही जेठ १४ गतेसम्मका लागि स्थगित भएको छ ।

    बुधबार अपराह्न ४ बजे बसेको बैठकमा  ‘संघीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ को प्रतिवेदन प्रस्तुत भई सैद्धान्तिक छलफलपछि बहुमतले भएको छ ।



    सभामुखले नियमावलीको मस्यौंदा समितिको प्रतिवेदनमाथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।



    सैद्धान्तिक छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सहभागी भए ।

    समितिका सभापति ध्रुवबहादुर प्रधानले सदनसमक्ष प्रतिवेदन पेस गरेको प्रतिवेदनमाथि संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार