Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

    संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 561
    SHARES

    काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ ।

    राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।



    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।



    बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

    बैठक विनियोजन विधेयक पारित गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार नै बस्नेगरी १३ मिनेटका लागि स्थगित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार