Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी

    बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 546
    SHARES

    नवलपरासी । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झर्ने बताएका छन् ।

    उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला २०८० उद्घाटन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले भने,‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै नै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र खतरामुक्त छ । १७/१८ प्रतिशतको ब्याजदर अहिले ११ प्रतिशतको हाराहारीमा छ । अब केही समयमा नै ब्याजदर एक अकंमा झर्नेछ ।’



    राजस्व संकलन, विदेशी पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्री महतले आग्रह गरे।

    महेषपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै अर्थमन्त्री महतले राजस्व वृद्धिका लागि क्वारेन्टाइन, सडक पूर्वाधार विकासका लागि आगामी बजेटमा समावेश गरिने आश्वासन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार