Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पत्रकार सम्मेलन नै गरेर अर्थमन्त्रीले भने–प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको छैन

    पत्रकार सम्मेलन नै गरेर अर्थमन्त्रीले भने–प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको छैन

    संसद्ले पारित भएको बजेटलाई हामीले बीचैमा फेरबदल गर्ने वा कटौती गर्ने भन्ने कुरा हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 798
    SHARES

    काठमाडौं । विहिबार एकाएक प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतबीचको सम्बन्धमा दरार उत्पन्न भएको समाचार भाइरल बनेपछि अज अर्थमन्त्री महतले पत्रकार सम्मेलन नै गरेर प्रधानमन्त्रीसँग सम्बन्ध नविग्रिएको बताएका छन् ।

    उनले प्रधानमन्त्रीसँग राम्रो समन्वय भइरहेको बताउँदै ‘प्रधानमन्त्रीसँग अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको’ भनेर प्रचार गरिएकोप्रति आपत्ति जनाए । आज विहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले प्रधानमन्त्री र मन्त्रीहरूसँग समन्वयमा कुनै समस्या नरहेको दाबी गरे ।



    उनले भने–‘कता–कता आइरहेको छ, कि अर्थमन्त्रीले बजेट कटौती गरे, त्यसमा प्रधानमन्त्रीको पनि सहमति छैन, प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा विवाद छ भनेर प्रचार भएको छ । कसले किन यस्तो भ्रमपूर्ण प्रचार गरेको हो ? म आफैँ अचम्मित छु । वास्तवमा प्रधानमन्त्रीसँग कुनै वादविवाद छैन । राम्रो समन्वय र छलफल भइरहेको छ । विवादको कुनै कुरा छैन । यस्तो भ्रमको सञ्चार नगरिदिन मेरो आग्रह छ ।’



    अर्थमन्त्री महतले मन्त्रालयले संसद्बाट पारित गरेको बजेट कटौती नगरेको, बरू अर्धवार्षिक समीक्षा गरेको बताए । उनले भने–‘अर्थमन्त्रीले बजेट कटौती गरेको समाचारहरू आयो । बजेट कटौती गरेको होइन, तर त्यसरी प्रचार गरियो, त्यो गलत हो । बजेट संसद्बाट पारित भएको हो ।’

    संसद्ले पारित भएको बजेटलाई हामीले बीचैमा फेरबदल गर्ने वा कटौती गर्ने भन्ने कुरा हुँदैन । हामीले छ महिनामा के ग¥यौँ ? अब के गर्छौ ? भन्ने कुरामा हामीले छलफल गरेको हो, अनुमान गरेको हो र समीक्षा गरेको हो । यसको गलत सन्देश जाने गरी प्रचार भएको छ, म यसमा भ्रमित नहुन आग्रह गर्दछु ।’ पत्रकार सम्मेलनमा मन्त्री महतले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार