Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आगामी वर्ष आन्तरिक अर्थतन्त्रको सूचकलाई सुधार्ने गरी बजेट ल्याइने

    आगामी वर्ष आन्तरिक अर्थतन्त्रको सूचकलाई सुधार्ने गरी बजेट ल्याइने

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 402
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश गरेका छन् ।

    सोमबारको बैठकमा अर्थमन्त्री महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्।



    बाह्य र आन्त्रिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी आगामी बजेट ल्याइने अर्थमन्त्री महतले बताए ।



    सार्वजनिक खर्चको प्रभावकारिता बृद्धि गर्न बजेट उन्मुख हुने, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र उर्जा कृषि, पर्यटन र सुचना प्रविधिका लागि आवश्यक सार्वजनिक स्रोत निर्माण गर्नेगरी आगामी बजेट ल्याइने अर्थमन्त्री महतले बताए ।

    यसैगरी निजी लगानी संकुचित नहुने गरी सार्वजनिक ऋण परिचालन गर्ने प्राथमिकता बजेटमा हुने बताइएको छ ।

    सार्वजनिक खर्चलाई प्राथमिकीकरण गरेर पुर्व तयारी भएका आयोजनालाई अगाडी बढाइने गरी बजेट ल्याइने भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार