Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आगामी वर्ष थप सरकारी संस्थान निजीकरण गर्ने अर्थमन्त्री महतको घोषणा

    आगामी वर्ष थप सरकारी संस्थान निजीकरण गर्ने अर्थमन्त्री महतको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 522
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा थप सार्वजनिक संस्थानहरुको निजीकरण गरिने घोषणा गरेका छन्।

    संसदमा सुरु भएको प्रिबजेटमाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।



    अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दै निजी क्षेत्र प्रतिस्पर्धी रहेका क्षेत्रमा रहेका सार्वजनिक संस्थानलाई निजीकरण गरिने घोषणा गरे।



    अर्थमन्त्री महतले भने,‘त्यस्ता सार्वजनिक संस्थानको सेयर बिक्री वा व्यवस्थापन करारमार्फत विनिवेश गरिनेछ।’

    यसका साथै बन्द भएका सार्वजनिक संस्थालाई निजी क्षेत्रको सहभागितामा सञ्चालनको प्रयास गरिने घोषणा पनि अर्थमन्त्री महतले गरेका छन्।

    औद्योगिक क्षेत्रहरुलाई पूर्ण क्षमतामा सञ्चालन गरिने तथा उद्योग सञ्चालनका लागि जग्गा पाउने प्रक्रियालाई सहजीकरण गरिने घोषणा पनि अर्थमन्त्री महतले गरेका छन् ।

    साथै अर्थमन्त्री महतले मुलुकमा विदेशी लगानी भित्र्याउन सहज कानुनी व्यवस्था मिलाइने घोषणा गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार