Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • यस्तो छ बजेटसम्बन्धि अर्थमन्त्रीको संशोधित अनुमान (पूर्णपाठ सहित)

    यस्तो छ बजेटसम्बन्धि अर्थमन्त्रीको संशोधित अनुमान (पूर्णपाठ सहित)

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 459
    SHARES

    काठमाडौं । सरकारले बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए ।

    चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब ६२ करोड मात्रै खर्च हुने बताए ।



    जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.८४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए ।



    वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ ।

    स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ४६ लाख मात्रै उठ्ने संशोधित अनुमान प्रस्तुत गरे ।

    त्यस्तै अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान संशोधन गरिएको छ । अब ४० अर्ब १२ करोड ९ लाख प्राप्त हुने उनले बताए । वाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोडको अनुमान संशोधन गर्दै १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख प्राप्त हुने संशोधित अनुमान उनको छ ।

    यसैबीच, अर्थमन्त्री महतले आर्थिक गतिविधिका सबै सूचक सकारात्मक रहेको पनि बताए । उनले भने–‘जति पनि आर्थिक गतिविधिका सूचक छन्, ती सकारात्मक छन् । म अर्थमन्त्री हुनुअघि धेरै दायित्व सृजना भएको थियो, त्यो सल्टाउने काम भएको छ।’

    अब पुँजीगत खर्च पनि बढ्ने बताउँदै उनले त्यसका लागि नीतिगत सुधार गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार