Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अर्थमन्त्री महतले संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने

    अर्थमन्त्री महतले संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 390
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बजेटका सिद्धान्त र प्राथमिकताा’ प्रस्तुत गर्ने भएका छन्।

    अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८१÷८१ को बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी संसदमा प्रस्तुत गर्ने भएका हुन्।



    उनले कर प्रस्ताव बाहेकको विषयमा छलफल गर्नेगरी प्रतिनिधि सभामा प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ ।



    आज अर्थमन्त्रीले संसदमा ‘प्रिबजेट’ छलफलका लागि प्रस्तुत गर्ने भएका हुन्। अर्थमन्त्रीले प्रतिनिधि र राष्ट्रिय सभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिक्ता’ पेस गर्ने कार्यक्रम रहेको छ ।

    सरकारले नयाँ व्यवस्था गर्दै फागुनको पहिलो सातादेखि नै संसदमा ‘प्रिबजेट’ छलफल गर्ने कार्यतालिका बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार