Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संघीय संसद्को संयुक्त बैठकमा कार्यसञ्चालन नियमावली मस्यौदा पेस

    संघीय संसद्को संयुक्त बैठकमा कार्यसञ्चालन नियमावली मस्यौदा पेस

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 645
    SHARES

    काठमाडौं । संघीय संसद्को आजको संयुक्त बैठकमा ‘संघीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ ।

    नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन् ।



    प्रतिनिधिसभाबाट यही जेठ १ गते प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको समिति गठनका लागि प्रस्ताव पारित भएको थियो ।



    नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधिसभाबाट १६ सदस्य रहेका थिए भने यही जेठ ५ गतेको राष्ट्रियसभाले तीन सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार