Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै

    प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 951
    SHARES

    काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन समितिको बैठक आज बस्दैछ ।

    प्रतिनिधिसभातर्फका पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समिति तथा राष्ट्रियसभाको दिगो विकास तथा शुसासन समितिको बैठक बस्न लागेको हो ।



    संसद् सचिवालयका अनुसार बिहान ११ बजे समितिको हल सिंहदरबारमा बस्ने पुर्वाधार विकास समितीको बैठकमा समितिको भावी कार्ययोजनाबारे छलफल हुनेछ ।



    यस्तै ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा एमबिबिएस अध्ययनरत एवम् अनशनरत विद्यार्थीको समस्याबारे त्रिभुवन विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिल र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रतिनिधिसँग गरिने छ ।

    दिउँसो १ बजे बस्ने दिगो विकास तथा शुसासन समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालासँग छलफल छलफल गर्ने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार