Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भने - संसदभित्रको कुरा यही समाधान हुनुपर्छ, रेकर्डबाट हटाउन पाइँदैन

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद्‌भित्रको विवाद सिंहदबारमा सहमति हुन नहुने बताएका छन् ।

संसद्को संयुक्त बैठकमा बोल्दै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन् । सांसद सिंहले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसदले धानेको जिकिर गरे।

सांसद सिंहले भने, ‘संसदभित्रको कुरा बाहिर सिंहदबारमा सहमति हुन्छ। अनि यहाँ संसद्को रेकर्डबाट हटाइन्छ। यो संसद्को प्रतिनिधि हामी बन्न खोजेको होइनौँ। जनताले पनि खोजेको होइन। जे कुरा संसदमा उठ्छ त्यो यही समाधान हुनुपर्छ।’

संसद्को संयुक्त बैठकमा बोल्दै उनले अहिले पनि कर्मकाण्डी रूपमा देश चलाउँछु भन्ने मानसिकता भएको टिप्पणी गरे। संसदमा उठेको कुरा बाहिर शीर्ष नेताहरूको बाहिर सहमति गरेर हटाएकोप्रति आपत्ति जनाए।

यसअघि सत्तारूढ दल माओवादी केन्द्रका एक सांसदले एमाले नेतृत्वको सरकार हुँदा पशुपतिमा सुनको जलहरी लगाउँदा भ्रष्टाचार भएको भनेर संसद्‌मा बोलेका थिए । यसपछि शनिवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा सांसदले बोलेको रेकर्डबाट हटाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077