Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतबाट चाँदीको गरगहना तस्करी गर्ने महिला प्रहरीको फन्दामा

पर्सा । भारतबाट चाँदीको गरगहना अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा वीरगन्जबाट एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका-४ की ५० वर्षीया उमा देवी पक्राउ परेकी हुन् ।

उनको साथबाट चाँदीको पाउजु ३९ जोर, औंठी ९५ पिस गरी २ किलो १ सय ८ ग्राम चाँदीका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद भएको गरगहनाको मूल्य अन्दाजी १ लाख १२ हजार १६ रुपैयाँ रहेको छ ।

भारतको रक्सौलबाट पैदल इनर्वा नाका हुँदै वीरगन्ज आएकी उमा देवीलाई वीरगन्ज-१६ रजत जयन्ती चोकस्थित सडकमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।

चाँदीको गरगहनासहित पक्राउ परेकी उमा देवीलाई आवश्यक कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077