Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • टीकापुर घटनामा जन्मकैद पाएका रेशम चौधरी आज रिहा हुँदै

    टीकापुर घटनामा जन्मकैद पाएका रेशम चौधरी आज रिहा हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 546
    SHARES

    काठमाडौं । सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज रिहा हुँदै छन् ।

    टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका चौधरी आज रिहा हुन लागेका हुन् ।



    काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका उनलाई गणतन्त्र दिवसका अवसरमा सरकारले आममाफी दिएपछि आज जेठ १५ गते जेलबाट छुट्ने भएका हुन् ।



    उनलाई लिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नागरिक उन्मुक्तिका नेता कार्यकर्ता बिहानै डिल्लीबजार कारागारबाहिर भेला भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार