Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता पनि हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता समेत भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले गणतन्त्रमा नै अवसरमा समानता र न्यायमा सर्वसाधरणलाई पहुँच दिने प्रणाली भएको बताए । गणतन्त्रमा आम जनताले राज्य सञ्चालक माथी प्रश्न उठाउने संवैधानिक अधिकार पाएको उल्लेख गरेका छन्।

‘आफ्ना मत र मान्यताहरुलाई राख्ने र राज्य सञ्चालकहरुमाथि प्रश्न उठाउन पाउने संवैधािनक अधिकार जनतालाई छ। अहिलेको आवश्यकता गणतन्त्र स्थापनापछिका त्रुटिहरुको प्रचार गर्ने होइन’ त्रुटि भएका छन्।’ ओलीले सन्देशमा भनेका छन्, तिनलाई सच्याउनु पर्छ। त्रुटि गर्नेले महसुस गर्ने र सच्चिने काम गर्नु पर्छ। तर, नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको बंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न।’

आज हामी १५ औं गणतन्त्र दिवस मनाइरहेका छौं। यो नेपाली जनताको बलिदान र सङ्घर्षको सफलताको दिवस हो। नेपाली जनताको उल्लासपूर्ण पर्वको दिन हो।

‘गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ’, उनले भनेका छन्, ‘जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077