Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : देशका केही भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण आज देशका केही भागमा वर्षा हुने भएको छ भने केही भू–भागमा बिहानैबाट पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका एकदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया साफा रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077