Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टीकापुर घटना पुनः छानबिन हुनुपर्छ : रेशम चौधरी

    टीकापुर घटना पुनः छानबिन हुनुपर्छ : रेशम चौधरी

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 762
    SHARES

    काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् ।

    उनलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन्। रञ्जिता उनकी पत्नी पनि हुन्।



    रिहा भएलगत्तै संक्षिप्त कुराकानी गर्दै रेशम चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताए । उनले कसैले कसैलाई आरोप लगाएर नहुँने बताउँदै असली दोषीलाई राज्यले कारबाही गर्नुपर्ने धारणा राखे ।



    उनले टीकापुर घटनाको छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरे । नागरिक उन्मुक्ति पार्टीले रिहा भएका रेशम चौधरीलाई सिधै घर लैजाने छ ।

    संविधानको मस्यौदामा उल्लेख गरिएका विषयवस्तुको विरोधमा २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी, प्रहरी जवान जनक नेगी र डेढ वर्षीय बालक टेकबहादुर साउद मारिएका थिए ।

    उक्त घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा रेशमलाई अभियोजन गरिएको थियो । ५८ जनाविरुद्ध अभियोजन गरिएकामा ३१ जना हालसम्म फरार छन्, २७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार