Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ, प्रहरी र बालकले पनि न्याय पाउनुपर्छ : रेशम चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ, प्रहरी र बालकले पनि न्याय पाउनुपर्छ : रेशम चौधरी

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुरमा मारिने प्रहरी र अढाइ वर्षीय बालकले पनि न्याय पाउनुपर्ने बताएका छन् ।

    गणतन्त्र दिवसका अवसरमा आममाफी पाएपछि रिहा भएका चौधरीले सोमबार बिहान डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग बोल्दै यस्तो बताएका हुन् ।



    उनले लाल आयोगको प्रतिवेदन राज्यले सार्वजनिक गर्नुपर्ने माग गरे ।



    सर्वोच्च अदालतको आदेश र कानुन मानेरै आफूहरू जेल बसेको बताउँदै उनले सरकारले नै गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु दुखद् भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार