Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

केन्द्रीय समिति बैठकका लागि क्यालेन्डर बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले वर्षभरि बस्ने केन्द्रीय समिति बैठकका लागि क्यालेन्डर निर्माण गर्ने भएको छ ।

गत वर्ष साउनदेखि केन्द्रीय समिति बैठक राख्न नसकेको कांग्रेसले जेठ मसान्तभित्र बैठक राख्ने र उक्त बैठकबाट वर्षभर कुन महिनाको कति गते केन्द्रीय समिति बैठक हुने भन्ने निश्चित गर्न लागेको हो।

कांग्रेस महामन्त्री गगन थापाका अनुसार जेठ मसान्तभित्र केन्द्रीय समिति बैठक गर्ने तयारी छ।

महामन्त्री थापाले भने, ‘त्यो बैठकले कांग्रेस केन्द्रीय समिति कुन महिनाको कति गते बस्ने भनेर वर्षभरको तिथिमिति पनि निर्धारण गर्छ। केन्द्रीय समिति बैठक बसेन भन्ने गुनासो अब हट्छ।’

कांग्रेस विधानअनुसार हरेक दुई महिनाको अन्तरालमा केन्द्रीय समिति बैठक राख्नुपर्छ। कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ।

तर सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनपछि मनोनीत गर्नुपर्ने ३३ जनामध्ये २० जना केन्द्रीय सदस्य अझै मनोनीत गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077