Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारी निवासमा भोज गर्ने जापानी प्रधानमन्त्रीका छोरा बर्खास्त

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताएका छन् ।

प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन्।

यही वैशाख १८ गतेदेखि लागू हुनेगरी शोतारोले राजीनामा गर्ने जानकारी पनि दिए।

समाचार सार्वजनिक भएपछि ३२ वर्षीय छोरा शोतारोलाई प्रधानमन्त्रीले उनको हर्कतका निम्ति हप्काएका थिए । तर विपक्षीहरूको निरन्तरको आलोचनाका कारण उनले शोतारोलाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077