Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नापतौल कार्यालयका वरिष्ठ निरीक्षक यादवविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय पर्साका बरिष्ठ निरीक्षक भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले गुणस्तर तथा नापतौल कार्यालय पर्साका बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवविरुद्धा करोडौं भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

यादवले पदमा बाहल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर हुन आएको पनि आयोगले जनाएको छ । पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत यादवले साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको पाइएको पनि आयोगको दावी छ ।

यादवले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ गते देखि २०७९ साल असार मसान्तसम्मको अवधिमा ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ आर्जन गरेका थिए ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा कैदसजाय मागदाबीसहित मुद्दा दायर गरिएको छ ।

सार्वजनिक पदमा रहँदा अख्तियार दुरुपयोग गरी यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

यादवले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढेरबढाएको सम्पत्तिको जफत गर्न मागदाबी गरेको छ ।

अख्तियारले उनको पत्नी रिता रानी र छोराहरू अविनास यादव र विकास यादवलाई पनि प्रतिवादी कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077