Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

केपी ओलीले भने - ‘अखण्ड भारत’ को नयाँ नक्साबारे प्रधानमन्त्रीले कुरा उठाउनु पर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे प्रधानमन्त्रीले कुरा उठाउनु पर्ने बताएका छन् ।

अनेमसंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भारतको संसद्मामा राखेको नक्सामा नेपाली भूमि राखेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग कुरा गरेर हटाउन लगाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले त्यति काम गर्न नसके भारत भ्रमणमा नगए हुने समेत बताए ।

अध्यक्ष ओलीले भने,‘नेपालको भूमि अहिले आइरहेका छ नि ! लुम्बिनी कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुदेर संसद्मा राख्यो भनेरमैले सुनेको छु। हो होइन, अब हटायो भने, गल्ती महसुस गर्‍यो भने त्यो आफ्नो ठाउँमा छ ।’

अध्यक्ष ओलीले नमुना लोकतन्त्रको कुरा गर्ने भारतीयहरूले छिमेकी देशसँग गर्ने व्यवहार नगरेको पनि बताए । हालै भारतको नयाँ संसद् भवनमा राखिएको मुरल भित्ते चित्र मा नेपाली भूमि लुम्विनी, कपिलवस्तु र विराटनगर रहेको सार्वजनिक भएको छ ।

नयाँ संसदमा राखिएको नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएकोप्रति ओलीले ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा त्यो नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077