Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार तोकियो पेसी

    रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार तोकियो पेसी

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रपतिबाट आम माफी पाएका टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई दिइएको आम माफीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

    टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।



    टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । राष्ट्रपति पौडेलको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन् ।



    चौधरीलाई तीनै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै आजन्म कारावासको सजाय तोकेका थिए । थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए ।

    उक्त घटनामा रेशमलाई जिल्ला, उच्च र सर्वोच्च तीनै अदालतले जन्मकैदको फैसला सुनाएका थिए। सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार