Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोटरसाइकलसहित नदीमा खस्दा युवतीको मृत्यु, दुईजना बेपत्ता

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४, चुमखोला स्थित त्रिशुली नदीमा मोटरसाइकल खस्दा दाङमा आज बिहान एक युवतीको ज्यान गएको छ ।

दुर्घटनामा दुईजना बेपत्ता भएका छन् । मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ ।

दुर्घटना लगत्तै उद्धारको लागि खटिएको प्रहरीले अन्दाजी ३५ वर्षीया युवतीको शव फेला पारेको हो ।

बेपत्ता दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077