Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगी, सिनामंगलबाट बुढाथोकी पक्राउ

    सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगी, सिनामंगलबाट बुढाथोकी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 669
    SHARES

    काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । सर्लाही हरिवन नगरपालिका-५ घर भई काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी सिनामंगलबाट पक्राउ परेका हुन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ४ जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनेर फकाएका थिए ।



    प्रत्येक व्यक्ति साढे ५ लाख रुपैयाँ लाग्ने र पुगेपछि मासिक एक लाख भन्दा बढी तलब हुने कृषि कम्पनीमा काम लगाइदिन्छु भनेर भनेका थिए । त्यसरी पटकपटक गरी पीडितहरूबाट १२ लाख लिएर उनी सम्पर्कबिहीन भएको थिए ।



    वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्र पठाएपछि उनलाई सोमबार सिनामंगलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले विभागमा पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार