Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेशम चौधरी रिहाइको विरोधमा पूर्वप्रहरी संगठनले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

सुनसरी । रेशम चौधरीलाई सरकारले आममाफी दिएको भन्दै पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरूवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

जन्मकैद सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आममाफी दिएको भन्दै इनरूवा बस चोकमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारीको ठहर छ ।

पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा चौधरीलाई राष्ट्रपतिले आममाफी दिनु मुलुकको कानूनी राज्य प्रतिको उपहास भएको बताएका छन् ।

सरकारले आममाफी दिएसँगै टिकापुर हत्याकाण्डका योजनाकार भनिएका चौधरी सोमबार रिहा भइसकेका छन् । २०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077