Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मस्को जाने हवाई यानमाथि गोली हानाहान

मस्को । मस्को जाँदै गरेका मानवरहित हवाई यानहरूमा गोली हानाहान भएको छ । उनीहरुबी मंगलबार रुसको राजधानी नजिकै गोली हानाहान भएको हो ।

मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले भनेको छ,ुआज बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने ९जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा थियो। मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएका थिए।ु

वोरोब्योभले मस्को क्षेत्रका बासिन्दाहरूलाई संयमित रहन आग्रह गर्दै सबै आपत्कालीन एकाइहरू सञ्चालनमा रहेको र घटनाको थप विवरण सार्वजनिक गरिने उनले जानकारी दिए ।

यसैबीच मस्कोका मेयर सर्गेई सोब्यानिनले ड्रोन आक्रमणपछि दुई व्यक्तिलाई चिकित्सकको निगरानीमा राखिएको बताए । यद्यपि ड्रोन आक्रमणपछि कसैलाई पनि गम्भीर चोटपटक लागेको र अस्पताल पुर्‍याइएको भने छैन । उनले घटनास्थलमा आपत्कालीन सेवा र एम्बुलेन्सका केही टोली भने खटाइएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077