Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज निर्जला एकादशी, घरघरमा तुलसीको बीउ राखिँदै

    आज निर्जला एकादशी, घरघरमा तुलसीको बीउ राखिँदै

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी । सनातन धर्मावलम्बीले बुधबार तुलसीको बीउ राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ ।

    यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ १ महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।



    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ ।



    यो ४ महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार