Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बालुवाटारमा आरजूले रोपिन् तुलसी

    बालुवाटारमा आरजूले रोपिन् तुलसी

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेत्री आरजू राणा देउवाले सरकारी निवास बालुवाटारमा तुलसी रोपेकी छन्।

    आज हरिशयनी एकादशीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा तुलसी रोपेको नेत्री राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।



    तुलसी रोपेपछि उनले लेखेकी छिन्,‘ जय तुलसी माता ! आज हरिशयनी एकादशीको पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिईयो । हरिशयनी एकादशीको मंगलमय शुभकामना।’



    गत मंगलबार सर्वोच्चको फैसलाबाट प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवा केही दिन अघि आफ्नो निजी निवास बूढानिलकन्ठबाट बालुवाटार सरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार