Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस नेतृ डा. आरजू राणा देउवा सिमरामा, नेता कार्यकर्ताले गरे भव्य स्वागत

    कांग्रेस नेतृ डा. आरजू राणा देउवा सिमरामा, नेता कार्यकर्ताले गरे भव्य स्वागत

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 1.7K
    SHARES

    पर्सा । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजू राणा देउवा सिमरा पुगेकी छिन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएको भोलिपल्ट बिहानै डा. आरजू सिमरा पुगेकी हुन् ।



    उनलाई सिमरा विमान स्थलमा भव्य सागत गरिएको छ । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा प्रदेश सांसद जर्नादन सिंह क्षेत्री, संविधान सभा सदस्य अनिल रुङटा, नेपाली कांग्रेस पर्साका सचिव तथा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमसहितका नेता कार्यकर्ता डा. आरजूलाई स्वागत गर्न विमान स्थल पुगेका थिए ।



    बुधबार उनले आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार