Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्ड र आरजूको भेटमा विष्णु रिजालको टिप्पणी- सत्ता बाँडफाँडमा २००७ कै झल्को

    प्रचण्ड र आरजूको भेटमा विष्णु रिजालको टिप्पणी- सत्ता बाँडफाँडमा २००७ कै झल्को

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 789
    SHARES

    काठमाडौं । दिल्लीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणाको भेटलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लज्जास्पद दृष्य भएको टिप्पणी गरेको छ।

    एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीपत्नी आरजू राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँडको भद्दा झल्को दिन्छ।’



    २०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको उनले दाबी गरेका छन्।



    प्रचण्ड र आरजूको भारत भ्रमण सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्यको मात्रै भएको उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार