Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन भोलि पोखरा जाने

    प्रधानमन्त्री प्रचण्ड मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन भोलि पोखरा जाने

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 867
    SHARES

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (शुक्रबार) पोखरा जाने भएका छन् ।

    गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको आतिथ्यमा आयोजना हुने सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पोखरा जाने भएका हुन् ।



    शुक्रबार र शनिबार हुन लागेको मुख्यमन्त्रीहरूको भेलामा प्रदेशका अधिकार, एकीकृत विकासका बारेमा छलफल हुनेछ त्यस्तै, भेलामा अन्तरप्रदेशको सिकाई आदान प्रदान हुने र संघीयता कार्यान्वयनमा साझा धारणा सार्वजनिक गरिने बताइएको छ ।



    यसअघि जेठ १० मा मुख्यमन्त्रीहरूको तय भएको भेला प्रधानमन्त्री प्रचण्ड आउन नभ्याएपछि स्थगित भएको थियो।

    यसअघि २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार