Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हेपाइ धेरै भएकाले एकजुट हुन अपिल गर्दै प्रचण्डले भने–मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन

    हेपाइ धेरै भएकाले एकजुट हुन अपिल गर्दै प्रचण्डले भने–मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 543
    SHARES

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी नेता–कार्यकर्तालाई एकतामा आउन अपील गरेका छन् ।

    मंगलबारदेखि काठमाडौंमा सुरु भएको विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने–‘माओवादी जनयुद्ध र यसको नेतृत्वलाई अलि बढी हेपाइ हुन थाल्यो । माओवादी जनयुद्धमा सहभागी नेता कार्यकर्तालाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपील गर्न चाहन्छु ।’



    जनयुद्धका उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई नभएको भन्दै उनले जति ढिलो गर्यो, त्यति ठूलो क्षति हुने बताए । उनले भने–‘आउनुस् बसौं, कहाँ कमी भए समीक्षा गरौं ।’



    एक भएर प्रतिवाद गर्ने हो भने क्रान्तिकारी आन्दोलनको रक्षा मात्र होइन, समाजवादी क्रान्तिको नयाँ लहर सृजना गर्न सकिन्छ भन्ने आत्मविश्वास रहेको समेत उनले बताए ।

    आफूले जीवनको उत्तरार्द्धमा फेरि एकपटक नयाँ क्रान्तितिर लैजाने संकल्प गरेको भन्दै प्रचण्डले भने–‘कोही कमरेड तर्क र तथ्यसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार