Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बेलुका ५ बजे बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

    बेलुका ५ बजे बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 741
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

    उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालय स्रोतले बतायो ।



    स्रोतका अनुसार ज्योतिष टिकाराम घिमिरेले प्रचण्डलाई बालुवाटरमा सर्नका लागि आज बेलुका ५ बजेको साइत निकालेको बताइएको छ ।



    उनी अहिले खुमलटारस्थित निजी निवासमै छन् ।

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि परिवारसहित आज विहान बालुवाटारबाट महाराजगञ्जस्थित घले निवासमा सरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार