Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश

    सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 837
    SHARES

    काठमाडौं । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी पेश गरेका छन् । ।

    निर्धारित समय सकिनु केही अघि नेकपा एमालेसहित दलहरुका शीर्षनेताहरु बहुमत सांसदको समर्थन लिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेश गरेका हुन्।



    चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।



    नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो ।

    शीतल निवास जानुअघि प्रचण्ड, ओली लगायतका नेताहरुले ओलीको बालकोटस्थित निवासमा बहुमत जुटाउन एमाले ,माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्‍मुक्ति पार्टीसँग छलफल गरेका थिए ।

    उक्त छलफलमा साना दलहरुले समर्थन जनाउने र बहुमत जुट्ने प्रस्ट भएपछि प्रचण्ड र ओली सोही बैठकको निर्णयअनुसार बहुमतको दाबीका साथ शीतल निवास पुगेका हुन् । दाहाललाई प्रधानमन्त्री बनाउनका लागि हालसम्मको सहमति अनुसार १६६ सांसदको समर्थन जुट्ने पक्कापक्की भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार