Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलका १६६ सांसदको समर्थन

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलका १६६ सांसदको समर्थन

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 927
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ ।

    एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलले समर्थन गर्ने सहमति जुटेको हो ।



    जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ ।



    प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।

    सत्ता गठबन्धन टुटेर एमाले क्याम्पमा सबै माओवादी, रास्वपा, राप्रपा, जसपासँग लोसपा, जनमत, नागरिक उन्मुक्ति र केही स्वतन्त्र आएपछि दुईतिहाइ बहुमत नजिक पुग्नसक्ने देखिन्छ ।

    प्रचण्डलाई प्रधानमन्त्री नदिने अडान राखेको कांग्रेस संघदेखि प्रदेशसम्म सरकारबाट बाहिर बस्नुपर्ने सम्भावना बढेको छ । माधव नेपाल नेतृत्वको नेकपा एस पनि खाली हात बस्नुपर्ने देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार