Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्वजनिक खरिद अनुगमनको कालो सूचीमा परे २३ कम्पनी [सूचीसहित]

काठमाडौं । समयमै काम सम्पन्न नगर्ने २३ वटा निर्माण कम्पनी कालो सूचीमा परेका छन् ।

तोकिएको समयमा पूर्वनिर्धारित काम नगरेको र पटक–पटकको आग्रह नमानेपछि ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारबाही गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको कार्यालयले तीन वर्षदेखि एक वर्षसम्म कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कालो सूचीमा परेका कम्पनीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077