Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिनको दाबी - युक्रेनले रुसी जनतालाई तर्साउन खोज्यो

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनले रुसलाई तर्साउन खोजेको दाबी गरेका छन् ।

मंगलबार मस्कोमा भएको ड्रोन आक्रमणप्रति प्रतिक्रिया दिँदै पुटिनले रुसी जनतालाई निशाना बनाएर तर्साउन खोजेको आरोप लगाएका हुन् ।

उनले रुसी प्रतिरक्षा प्रणालीले युक्रेनी आक्रमणलाई निस्तेज बनाएको पनि बताए । रुसी रक्षा मन्त्रालयले भने युक्रेन मस्कोमा निशाना बनाउँदै आठ वटा ड्रोन आक्रमण गरेको तर, त्यसबाट केही भवनमा सामान्य क्षति मात्रै भएको जनाएको छ ।

रुसी बिदेश मन्त्रायलये पश्चिमी राष्ट्रहरुको समर्थनमा युक्रेनी नेतृत्वले आतंककारी र आपाराधिक गतिविधि बढाएको आरोप लगाएको छ ।

तर, युक्रेनले भने आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । आक्रमणमा कोही घाइते भएकोबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077