Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

बौद्ध-साँखु सडक कालोपत्र गर्न माग गर्दै स्थानीयले बन्द गरे सडक

काठमाडौं । सडक कालोपत्रे नभएको भन्दै काठमाडौं बौद्धका स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

लामो समयसम्म पनि सडक कालोपत्रे नभएपछि उनीहरुले बुधबार बौद्ध-साँखु सडकखण्डमा पर्ने नारायणटारदेखि दक्षिणसम्म सडक बन्द गरेका छन् । उनीहरुले हिजो पनि सडक बन्द पारेका थिए ।

सडक धुलाम्मे हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएपछि उनीहरु आक्रोशित भएका हुन् ।

उनीहरूले बिहानदेखि नारायणटार पुलदेखि दक्षिण ढोकासम्म दुवैतर्फका सवारी आवागमन रोकेका छन् । यसअघि जेठ १० गतेभित्र निर्माण गरिसक्ने सहमति गरेपनि पालना नभएको भन्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077