Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन, ८ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि प्रदर्शन गर्ने एमालेनिकट अनेरास्वयुका ८ जना पक्राउ परेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077