Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अखण्ड भारतको नक्सा संसदमा राखेको विरोधमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । भारतको नवनिर्मित संसद भवनमा ‘अखण्ड भारत’को नाम दिएर नेपालका भूभागसमेत समेटेर राखिएको नक्साको विरोधमा प्रदर्शन भएको छ ।

नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले भारतको उक्त नक्सा जलाएर काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

प्रदर्शनको क्रममा उनीहरुले अखण्ड भारतको नक्सा समेत जलाएका छन् ।

उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद, भारतसँग गरिएका असमान सन्धी सम्झौता खारेज गर जस्ता नारा अंकित प्लेकार्ड र ब्यानरसमेत प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077