Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुईजना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्जजन्तुको चोरीशिकार गर्न लागेको आरोपमा भरुवा बन्दुकसहित दुई युवालाई नियन्त्रणमा लिएको छ ।

निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।

वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको हो ।

उनीहरूबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ । बरामद दुई थान भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ । उनीहरूमाथि वन्यजन्तुको कसुरसम्बन्धी अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077