Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कारागारबाट मध्यराती दुई कैदीबन्दी फरार, खोज्न डिएसपीसहितको टोली परिचालन

लमजुङ । जिल्ला कारागार लमजुङबाट दुईजना कैदी बन्दी फरार भएका छन् ।

बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नाघेर लमजुङको मध्यनेपाल गरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं. ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका-१६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ फरार भएका हुन् ।

बेसीसहर नगरपालिका वडा नं. ८ शेरामा रहेको कारागारबाट फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077