Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा हिजो मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको महासंघले जनाएको छ ।

यचा चाँदीको मूल्य पनि बढेर तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077