Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर फर्स्योट मुद्दामा चूडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित ३ जनाविरुद्ध दायर भएको १० अर्बको कर फर्स्योटमा राजस्व चुहावटसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

बिहीबार विदेश अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र यमुना भट्टराईको इजलासले कर फछ्र्यौंट आयोगका तत्कालीन सदस्य सचिव रहेका सहसचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

उनीहरुको सजाय भने निर्धारण भएको छैन । यस्तै अदालतले शर्मालाई अकुत सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ। वैशाख २५ गतेदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ थालिएको थियो।

उनीहरुले कर फर्स्योट आयोगमार्फत् १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो।

उनीहरुविरुद्ध २०७४ साउन १ गते राजस्व अपचलन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतमा मुद्दा दायरपछि उनीहरु जनही १-१ करोड धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077