Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर फर्स्योट मुद्दामा चूडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर

    कर फर्स्योट मुद्दामा चूडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित ३ जनाविरुद्ध दायर भएको १० अर्बको कर फर्स्योटमा राजस्व चुहावटसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

    बिहीबार विदेश अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र यमुना भट्टराईको इजलासले कर फछ्र्यौंट आयोगका तत्कालीन सदस्य सचिव रहेका सहसचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।



    उनीहरुको सजाय भने निर्धारण भएको छैन । यस्तै अदालतले शर्मालाई अकुत सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ। वैशाख २५ गतेदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ थालिएको थियो।



    उनीहरुले कर फर्स्योट आयोगमार्फत् १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो।

    उनीहरुविरुद्ध २०७४ साउन १ गते राजस्व अपचलन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतमा मुद्दा दायरपछि उनीहरु जनही १-१ करोड धरौटीमा रिहा भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार