Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नागरिकता विधेयकको सडक र सदनबाट विरोध गर्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकता विधेयकको सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीले विधेयक प्रमाणीकरण गरिएकोप्रति आपत्ति जनाएको हो ।

सार्वभौम संसद गठन भएको झन्डै ७ महिना भइसक्दा पनि संसदमा छलफल नगराई राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक प्रमाणिकरण गरिएकोप्रति रास्वपाले घोर आपत्ति जनाएको छ ।

साथै लोकतान्त्रिक पद्धति नाघेर प्रमाणिकरण भएको नागरिकता विधेयकको सदन र आवश्यक परे सडकबाट समेत सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

सो पार्टीका महामन्त्री मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै संविधानको धारा ११३ अनुसार १५ दिनभित्र राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण नभएपछि पनि उक्त विधेयक जीवित रहने भन्ने कुनै संवैधानिक व्यवस्था नभएको अवस्था र चुनावबाट नयाँ जनप्रतिनिधिहरु संसदमा आइसकेको सन्दर्भमा सोही विधेयकलाई पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने मन्त्रिपरिषद्को निर्णय गैर संवैधानिक मात्र नभई नवगठित प्रतिनिधिसभाको कानुन निर्माण गर्ने कार्यक्षेत्रमा समेत ठाडो हस्तक्षेप भएको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077