Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चक्कु प्रहार गरी काका र भतिजीको हत्या, आरोपी मोहन प्रहरीको फन्दामा

कपिलवस्तु । कपिलवस्तुमा चक्कु प्रहार गरी दुईजनाको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

रुपन्देहीको कंचन गाउँपालिका–२, बगही बस्ने २२ वर्षीय मोहन थारुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–६, मटेरिया बस्ने ७० वर्षीय बमबहादुर थारु र उनकै भतिजी १८ वर्षीया अन्जनी थारुको हत्या गरेको आरोपमा उनी उक्राउ परेका हुन् ।

मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा तथा अन्जनीको सोही अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077